सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज फेरी बस्ने भएको छ । हिजो बसेको बैठकले संसदीय दलको नेता टुंगो लगाउन नसेकपछि आज फेरी सहमतिको लागि बैठक बस्ने सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिए । उनले भने, ‘दलको नेता चयनको लागि कार्य प्रारम्भ भएको छ । आज दलको नेता टुङ्गिएन । हामी दाबेदारहरूसँग छलफल गर्छौँ।’ दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार हुन् । प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन् ।