सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयलाई गाडीको विवरण पठाउन निर्देशन दिएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासन शाखाका शाखा अधिकृत आनन्दराम श्रेष्ठले पठाएको पत्रमा दुईपांग्रे र चारपांग्रे गाडीको विवरण पठाउन भनिएको छ । यसबारे बुधबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवस्तरीय निर्णय भएको थियो । सबै मन्त्रालयलाई पठाइएको पत्रमा मन्त्रालय र मातहतका विभाग तथा कार्यालयले प्रयोग गरिररहेका तथा मर्मत कार्य भइरहेका गाडीको विवरण पठाउन भनिएको छ। सबै मन्त्रालयलाई बिहीबार कार्यालय समयभित्र पठाउन समय दिइएको छ।