नदीमा पौडी खेल्नेक्रममा बालक बेपत्ता

सोमबार, चैत ३०, २०८२

मुगु । मुगुको सोरु गाउँपालिका–४ रावलवडाँडा निवासी धन बहादुर मल्लको छोरा अन्दाजी १० बर्षीय आकाश मल्लको हुम्ला कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन । मल्लसहित चारजना साथीहरुसँग बाख्रा चराउन गएका आकाश मुगु र हुम्ला कर्णाली करिडोर जोड्ने पिपलमुडा भन्ने ठाँउमा नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका हुन ।
सोमबार दिउँसो करिब १२ बजेको समयमा बाख्रा छाडेर चारैजना नदीमा नुहाउन गएको बेला डुबेर बेपत्ता भएपछि साथीहरुले स्थानीयलाई खबर गरेका थिए । हाल बेपत्ताको शव खोजी भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, चैत ३०, २०८२  १९:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार