बागमती प्रदेशका सांसदहरूसँग प्रधानमन्त्री शाहले गरे छलफल

सोमबार, चैत ३०, २०८२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा उनले आज सोमबार दिउँसो बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका हुन् । प्रधानमन्त्री बनेलगत्तै उनले विभिन्न प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै छलफल थालेका थिए । सोमबार भने उनले बागमतीका सांसदहरूसँग छलफल गरेका हुन् । उनले सांसदहरूसँग आ–आफ्ना निर्वाचन क्षेत्रका समस्या, तत्काल र दीर्घकालीन रुपमा गर्न सकिने समाधानका उपाय लगायतबारे छलफल गरिरहेका हुन् ।

photo-34_928f2e4a-(1)-1776078956.jpg
 

प्रकाशित मिति: सोमबार, चैत ३०, २०८२  १७:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार