आजको मौसम : हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

सोमबार, चैत ३०, २०८२

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ र तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ । आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । आज राती देशका हिमाली भू(भागमा आंशिक बादल लाग्ने र पहाड र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति: सोमबार, चैत ३०, २०८२  ०७:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार