प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

आइतबार, चैत २९, २०८२

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री र मन्त्रीहरूले पेश गरेको सम्पत्ति विवरण मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक गरिएको हो । कार्यालयले जारी गरेको सूचनामा सम्पत्ति विवरण कार्यालयको आधिकारिक वेबसाइट www.opmcm.gov.np मार्फत हेर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  २०:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार