मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

'देशभर करिब एकसय वटा डेरीले ब्रान्डिङ गरी मोही बजारमा ल्याएका छन्'
आइतबार, चैत २९, २०८२

काठमाडौं । नेपालमा पछिलो समय मोहीको माग बढ्दै गएको छ । पछिल्लो समय पार्टी एवम भोजहरुमा पनि बजारी सामान जुस (कोक, फेन्टा) भन्दा पनि मोहीको प्रयोग बढी हुन थालेको छ । जसका कारण रैथाने उत्पादन मोहीको माग बढ्दै गएको छ । यसै सन्दर्भमा नेपाल न्यूज बैंकसँगको कुराकानीमा नेपाल डोरी एशोसिएनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले अहिले देशभर करिब एकसय वटा डेरीले ब्रान्डिङ गरी मोही बजारमा ल्याइरहेको बताए । उनले भने, ‘अहिले देशभर करिब १०० वटा डेरीले ब्रान्डिङ गरी मोही बजारमा ल्याइरहेका छन् । लेबलिङ र प्याकेजिङसहित दैनिक २० देखि २५ हजार लिटर मोही बिक्री हुने गरेको छ भने कुल खपत ३०–३५ हजार लिटरसम्म पुगेको छ ।’ उनले बजारमा मोहीको माग बढ्दै गएको बताए । उनले मोहीको एक लिटरको खुद्रा मूल्य ८० रुपैयाँ र आधा लिटरको ४५ रुपैयाँ रहेको बताए । उनले मोहीमा कुनै पनि केमिकल प्रयोग नगरिकन उत्पादन हुने गरेको बताए । उनले भने, ‘लाइफ बढाउन केमिकल प्रयोग गर्नुपर्ने हुनसक्छ । तर पूरानो स्वाद जोगाउन प्रयास हुने गरेको छ ।’ मोही उत्पादनबाट व्यक्तिगत व्यवसायको लागि मात्र होइन अर्थतन्त्रमा नै थोरै भएपनि टेवा पुग्ने गरेको उनले बताए । उनले भने, ‘सानो प्रयासले एउटा ठूलो परिवर्तन भएको छ । अहिले मोहीका कारण बाह्यबाट आउने वा आयतित पेय पदार्थमा विगतको तुलनामा २५ प्रतिशतले घटेको तथ्यांकमा नै देख्न सक्छौं । यो भनेको देशको लागि ठूलो उपलब्धि हो । यसले एउटा व्यवसायका लागि मात्र होइन त्यसको अर्थतन्त्रमै थोरै भएपनि टेवा पुर्याएको छ ।’ बाइ प्रडक्ट भएकाले बजारमा यसको माग अझैबढ्ने क्रममा रहेको बताए । उनले भने, ‘अहिले १०० वटा डेरीले महीको उत्पादनमा जोड दिएका छन् । बाइ प्रडक्ट भएकाले यो बढ्ने क्रममा छ । सबै डेरीले प्रडक्टहरु बनाउँदा मोही पनि एड गर्ने गरेका छन् । बिशेष गरि काठमाडौँमा हालै नवप्रभा डेरी, प्रभात मोही भनेर आएको छ । अर्को हिमालयन डेरी काभ्रेले दर्शन मोही भनेर लिएर आएको छ । ग्लोबल डेरी बुटवलले पनि काठमाडौंमा बजार बढाएको छ ।’ नेपालमा मोही खपत बढाउन विगत एक वर्षदेखि चैत २८ गते मोही दिवस मनाउन सुरु गरिएको उनले बताए । यो दिवस मनाउनुको उद्देश्य भनेको प्रचार—प्रसार गर्नु रहेको बताए । ‘हामीले नेपालमा मोही खपत बढाउन विगत एक वर्षदेखि चैतको २८ गते प्रथम मोही दिवस मनाउन सुरु गर्यौं,’ उनले उल्लेख गरे, ‘नेपाल कृषि तथा पशुपन्छी विकास मन्त्रालयका राजेन्द्र मिश्र सचिव हुँदा नै मनाउन सुरु गरेका हौं । मोही सेवन गरौं स्वस्थ रहौं भन्ने लक्ष्य हो ।’ मोही स्वस्थ्यका लागि राम्रो हुने भएकाले र बिना केमिबल उत्पादन हुने भएकाले मोही जुनसुकै उमेर समूहकाले सेवन गर्न मिल्ने बताए । तर सरकारले मोही उत्पादनमा खासै सहयोग गरेको छैन् । तर भ्याट हटाउने सन्दर्भमा सरकारले सहजीकरण गरिरहेको उनले जानकारी दिए । उनले मोहीको उत्पादन राम्रो भएकाले बिवाह, भोज, भतेर, पार्टी र घरमा विशिष्ट कुनै कार्यक्रममा अन्य पदार्थको ठाउँमा सँगसँगै मोहीले स्थान पाएकोमा खुसी व्यक्त गरे ।

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार