सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरका सबै विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाह कक्ष स्थापना गर्न निर्देशन दिएको छ । मन्त्रालयले विमानस्थलहरूमा सरसफाइ, सुरक्षा तथा गोपनीयता सुनिश्चित हुने गरी स्तनपान कक्ष सञ्चालन गर्न, आवश्यकताअनुसार स्तरोन्नति गर्न तथा बिरामी र विशेष आवश्यकता भएका यात्रुका लागि प्राथमिक हेरचाह कक्ष व्यवस्था गर्नसमेत निर्देशन दिएको हो । यससँगै विमानस्थलको सरसफाइ अन्तर्राष्ट्रिय मापदण्डअनुसार कायम गर्न, दैनिक ‘लगबुक’ प्रणालीमार्फत सरसफाइको अभिलेख राख्न र विश्व स्वास्थ्य संगठन तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ले निर्धारण गरेका स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ । शौचालयमा महिला यात्रुका लागि निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला द्वारा जारी निर्देशनमा उक्त व्यवस्था कार्यान्वयन गरी मन्त्रालयलाई जानकारी गराउन भनिएको छ। साथै, नागरिक तथा यात्रुलाई पनि निर्देशन कार्यान्वयन भए÷नभएकोबारे मन्त्रालयका सूचना अधिकारीलाई जानकारी गराउन आग्रह गरिएको छ ।