अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्त्य गरे साढे तीन लाख पेन्सनकर्ताको झन्झट, सुरु भयो ई पेन्सन प्रमाणिकरण

शनिबार, चैत २८, २०८२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेन्सन प्रमाणिकरण प्रणाली सुरुवात गरेका छन् ।  अर्थ मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच उनले महालेखा नियन्त्रकको कार्यालयले तयार गरेको उक्त प्रणाली सुरुवात गरेका हुन । यससँगै साढे तीन लाख पेन्सनकर्ताको दिक्दारीपूर्ण पेन्सन नवीकरण र बैँक छनोटको झन्झट समाप्त भएको छ भने सरकारले तिर्नुपर्ने बैँक कमिसन पनि शून्यमा झर्ने अपेक्षा गरिएको छ । 

यो प्रणाली सुरुवात पछि के हुन्छ ?

  • निवृत्तभरकहरू भौतिक रुपमा उपस्थित हुन पर्दैन अब घरैबाट सेवा प्राप्त गर्न सकिन्छ, 
  • भुक्तानी गर्नुपर्ने बैँक कमिसनको भार वार्षिक सरदर १५ करोड घट्ने
  • नगद प्रवाह अनुमानयोग्य भई भई ढुकुटीमा हुने चाप व्यवस्थापन गर्न सकिने
  • पेन्सनको म्यानुअल गणनाका क्रममा हुने मानवीय त्रुटि कम हुने
  • यो योजनामा पर्ने तीन लाख ५२ हजार ८१६ (निष्क्रीय ४४ हजार समेत) निवृत्तभरकको हैरानी अब समाप्त
  • अनलाइनमा घरैबाट यो सेवा प्राप्त 

यो प्रणाली सुरु गर्नु अघिको अवस्था के थियो ?

  • नयाँ निवृत्तभरक केबल बैँक छान्ने कार्यका लागि मात्र निवृत्तभरण व्यवस्थापन कार्यालयमा अनिवार्य उपस्थित हुनुपर्ने अवस्था थियो
  • निवृत्तभरक स्वयम् बैँकमै उपस्थित भई हरेक वर्ष खाता नवीकरण गर्नुपर्ने थियो 
  • पेन्सन रकम र कर गणना गर्ने कार्य म्यानुअल्ली हुने गरेको थियो
  • समयमै नवीकरण नहुँदा नगद प्रवाह अनुमानयोग्य हुन सकेको थिएन 

प्रकाशित मिति: शनिबार, चैत २८, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार