सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले रुबीकुमारी ठाकुरको उम्मेदवारी प्रस्ताव पेस गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमामा प्रस्ताव पेस गर्दै उनले उम्मेदवारी प्रक्रियामा सहयोग गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई धन्यवाद समेत दिए । उनले भने,‘आज श्रम संस्कृति पार्टीको रुबी कुमारीलाई हामीले अगाडि सार्दैगर्दा नेपालको न्यायको पक्षमा उहाँ उभिनुहुन्छ भन्ने विश्वास छ । सयौंको संख्यामा, हजारौंको संख्यामा मधेकी छोरी चेलीहरु विभिन्न प्रथाको नाममा दबिएका छन् । तमाम ती महिलाहरुको आवाज रुबी बन्ने छन् भन्ने विश्वास छ । हामीले उम्मेदवारी दर्ता गर्दैगर्दा हामीलाई समर्थनको पक्षमा उभिएर समर्थन गर्ने दुई तिहाई बहुमतको पार्टी रास्वपालाई धन्यवाद दिन चाहन्छु ।’ उनले सरकारले गरेका काममा विरोधमा सँधै उत्रिने गरेको गलत भाष्य निर्माण भएको बताए । उनले खबरदारी र विरोध नितान्त फरक कुरा रहेको भन्दै आफूहरुले खबरदारी गरेर नजिकको जिम्मेवार पक्षलाई सचेत गराउँदै सही दिशामा लैजाने प्रयास गरेको बताए । उनले भने,‘हामीले जहिल्यै विरोध गछौं भन्ने भाष्य भएको छ । खबरदारी र विरोध नितान्त फरक कुरा हो । खबरदारी कसलाई गरिन्छ भने सबैभन्दा नजिकको पात्रलाई जो उसले चालेको हरेक पाइला सही ठाउँमा होस् भन्ने सोच्छ त्यसैले हामीले विरोध होइन् खबरदारी गरेको हौं ।’ राईले मधेसलगायत विभिन्न क्षेत्रमा अहिले पनि विभिन्न प्रथा र सामाजिक समस्याका कारण महिलाहरू पीडित रहेको उल्लेख गर्दै रुबीकुमारी ठाकुर ती आवाजहरूको प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे।