उपसभामुख निर्वाचनमा एमाले तटस्थ बस्ने

शुक्रबार, चैत २७, २०८२

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनमा नेकपा एमालेले तटस्थ बस्ने भएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद मोहम्मद इस्तियाक राईले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुर र राप्रपाबाट सरस्वती लामा उम्मेदवार भएपनि एमालेले कसैलाई भोट नदिने बताए । उनले भने, ‘अहिलेको गरिमामय सदनमा आपसी सहकार्य र एकरुपता हुन नसकेको कारणले उपसभामुखको निर्वाचनमा जानुपर्ने भएकाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) हाम्रो तर्फबाट तटस्थ बस्ने जानकारी गराउन चाहन्छु ।’ प्रतिनिधि सभामा एमालेका २५ सांसद छन् । उपसभामुखमा श्रम संस्कृति पार्टीका तर्फबाट रुवी कुमारी ठाकुर तथा राप्रपाबाट सरस्वती लामा उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  १७:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार