संघीय संसद्को चालु अधिवेशन भोलि मध्यरातदेखि अन्त्य हुने

बिहीबार, चैत २६, २०८२

काठमाडौं । संघीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभाको चालु अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्ले चैत २४ गते गरेको सिफारिसका आधारमा रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) अनुसार दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार अधिवेशन अन्त्यको निर्णय चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ । यसैबीच, राष्ट्रपतिले अधिवेशन अन्त्य हुनुअघि संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । निर्वाचनपछिको पहिलो बैठकमा राष्ट्रपतिबाट सम्बोधन गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  १८:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार