पूर्व सभामुख महरा र तत्कालीन प्रमुख भन्सार प्रशासकसहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बिहीबार, चैत २६, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिनिधि सभाका पूर्वसभामुख कृष्ण बहादुर महरा, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेलसहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आज विद्युतीय चुरोट (भेप) प्रयोग गरी सुन तस्करी गरिएको प्रकरणमा पूर्वसभामुख महरा तत्कालीन प्रमुख भन्सार प्रशासक पोखरेलसहित २८ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उक्त मुद्दामा डेक्स्टर ट्राभल्स एण्ड टुर्स प्रा. लि. विरुद्ध पनि सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार