सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्ता गरेका छन् । परराष्ट्रमन्त्री शिशिर खनालसहित आयोजना गरिएको उक्त संवाद कूटनीतिक मर्यादामा नयाँ अभ्यास स्थापित गर्ने उद्देश्यसहित तय गरिएको हो । भेटवार्ता आज दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छ । यसअघि भने प्रधानमन्त्री नियुक्त भएपछि विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने परम्परा रहेको थियो । यस सामूहिक भेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ अधिकारीहरूको पनि सहभागिता रहेको थियो । बैठकमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र सङ्घका राजदूत/नियोग प्रमुखहरूको उपस्थिति रहेको थियो ।