सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकासमन्त्री गिता चौधरी र विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता भएको छ । चैत २४ गते भएको सो भेटवार्तामा नेपाल सरकार र विश्व बैंकबीचको दीर्घकालीन सहकार्य तथा साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको हो । साथै सरकारले अघि सारेको १०० बुँदे विकास एजेन्डा कार्यान्वयनमा जोड दिँदै वन, कृषि र ग्रामीण जीविकोपार्जनलाई प्रमुख प्राथमिकताका रूपमा अघि बढाइरहेको विषयमा पनि छलफल भएको थियो ।