सांसद रोकायाको हवाई भाडा नियन्त्रण गर्न माग

बुधबार, चैत २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सांसद जयपति रोकायाले हुम्ला लगायत हिमाली क्षेत्रका विकट जिल्लाहरुमा कच्चि सडक भर्खरै पुगेकोले नागरिक हवाई यातायातमा निर्भर रहेको भन्दै हवाई भाडा नियन्त्रण गर्न माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै हुम्लाका सांसद रोकायाले हवाई भाडा अत्यन्तै महगो हुँदा सर्वसाधारणको जिवन कष्टकर बनेको बताएका हुन् । उनले भने, ‘मेरो क्षेत्र हुम्ला लगायत हिमाली क्षेत्रका नागरिकहरुले भोग्दै आएका गम्भिर समस्याहरु तर्फ सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । हुम्ला जस्तो विकट जिल्लामा डरलाग्दो कच्चि सडक भर्खर निर्माण भएकाले नागरिक हवाई यातायातमा निर्भर रहन बाध्य भएका छन् तर दर्भाग्यवस हवाई भाडा अत्यन्तै महगो हुँदा सर्वसाधारणको जिवन कष्टकर बनेको छ ।’ यस्तै उनले हाल हवाई भाडा १२ हजारदेखि १५ हजारसम्म पुगेको भन्दै यो समस्या केवल यातायातको मात्र नभई आर्थिक र सामाजिक समानतासँग पनि जोडिएको बताए । ‘हाल हवाई भाडा १२ हजारदेखि १५ हजारसम्म पुगेको छ जसले गर्दा धेरै नागरिक यात्रा गर्न समेत असमर्थ भएका छन् । यो समस्या केवल यातायातको मात्र नभई आर्थिक र सामाजिक समानतासँग पनि जोडिएको छ । म सरकारसँग हवाई इन्धनमा कर छुट आवश्यकता उडानमा अनुदान थप हवाई भाडा नियन्त्रण गनउ माग गर्दछु,’ उनले भने ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  १६:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार