प्रयोगविहीन भवनहरूको सदुपयोग गर्न सरकारलाई सांसद कार्कीको आग्रह

बुधबार, चैत २५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नितिमा भण्डारी कार्कीले देशभर निर्माण भएका तर प्रयोगमा नआएका पूर्वाधार संरचनाहरूको सदुपयोग गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लगानी भएका र प्रयोग हीन भवन सर्लाही जिल्ला लगायत नेपाल  भरी  प्रयोगविहीन अवस्थामा रहेको बताइन् ।  उनले भनिन्, ‘नेपालका विभिन्न ठाउँको भिउटाव भवन लगायत प्रतिफल तथा विना दिगोपनको पुर्वधार देखेका छै । लगानी भएका र प्रयोग हीन भवन सर्लाही जिल्ला मधेस प्रदेश लगायत नेपाल भरी धेरै छन् । त्यस्ता प्रयोगमा न आएका भवन तथा पूर्वदारहरू उचित समयमा सदुपयोग गर्न आवश्यक छ ।’  उनले सरकारलाई यस्ता भवन तथा पूर्वाधारहरूको व्यवस्थापन तथा सदुपयोगमा ल्याउन आग्रह गरिन् ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  १६:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार