सोसल मिडिया
Contact Us
युनिकोड
विराटनगर । झापा र सुनसरी जिल्लाका दुई छुट्टै स्थानबाट लागू औषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २४ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पैदल यात्री कमल गाउँपालिका-६ का २४ बर्षीय नवराज भट्टराईलाई ६ ग्राम ७५० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । यस्तै, जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका-४ बाट को। ३९ प ५९३७ नम्बरको स्कुटरमा सवार धरान-१७ का असिम राई र चिरञ्जिवी राईलाई ३ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।