कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै

बुधबार, चैत २५, २०८२

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बुधबार मध्याह्न १२ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने गरी सभामुख अर्यालले बैठक बोलाएका हुन् ।
बैठकमा सदनको कार्यसूचीबारे छलफल हुने छ । आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसअघि परामर्श समितिको बैठक बस्न लागेको हो ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार