मध्यपूर्व द्वन्द्व

८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

सोमबार, चैत २३, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको द्वन्द्वबाट प्रभावित नेपाली नागरिकहरूको तथ्यांक संकलन गरिरहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले तथ्यांक संकलनमा अहिलेसम्म झन्डै ८८ हजारभन्दा बढी नेपालीले नाम टिपाएको जाकारी दिए । साथै तुरुन्तै नेपाल आउनुपर्ने परिस्थितिलाई मध्यनजर गर्दै नेपाल एयरलाइन्स र पर्यटन मन्त्रालयसँग समन्वय गरेर सहजिकरण गरिसकेको उनले बताए । उनले भने, ‘परराष्ट्र मन्त्रालय तथ्यांक संलन गरिहेको छ । अहिलेसम्म झन्डै ८८ हजारभन्दा बढी नेपालीले नाम टिपाउनुभएको छ । यो पछिल्लो केही दिन उताबाट आउने फोनहरुको संख्या पनि घट्दै गएको छ तर पनि तुरुन्तै नेपाल आउनुपर्ने परिस्थितिलाई हेरेर हामीले नेपाल एयरलाइन्स र पर्यटन मन्त्रालयसँग समन्वय गरेर सहजिकरण गरिसकेको छौं ।’ उनका अनुसार नेपाल एयरलाइन्स मार्फत मध्यपूर्व क्षेत्रमा उडान सहज बनाइएको छ । साथै र दुबईमा नियमित उडान सुरु भइसकेको छ भने साउदी अरब लगायतका क्षेत्रमा पनि थप उडान व्यवस्थापनका प्रयास भइरहेको छ । द्वन्द्वका कारण आपूर्ति प्रणाली, रोजगारी तथा आर्थिक क्षेत्रमा प्रभाव परेको भन्दै सरकारले अध्ययनका लागि कार्यदल गठन गरेको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  २०:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार