सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधार कार्यक्रम अनुसार कार्यालय समय पालन र सार्वजनिक सेवा प्रवाहको अनुगमन गर्न राजधानीबाहिर नौ जिल्लामा टोली परिचालित गरेको छ । केन्द्रका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार आजदेखि लागू भएको परिमार्जित कार्यालय समय बिहान ९ः०० देखि साँझ ५ः०० बजेसम्म कायम गरिएको छ । टोलीहरूले कार्यालय समयको पालना, कर्मचारीको उपस्थिति, तोकिएको कार्य सम्पन्न भएको अवस्था तथा सेवाग्राहीका काम समयमा सम्पन्न भएका छन् कि छैनन् भन्ने विषयमा छड्के अनुगमन गर्ने काम गरिरहेको छ । सहसचिव भट्टका अनुसार कहीँ कतै ढिलाइ वा सेवा अवरोध भएको अवस्था पाइएको खण्डमा केन्द्रले तत्काल सुधारको निर्देशन दिनेछ र भ्रष्टाचार वा नियमविरुद्धको कार्य भेटिएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सूचनासहित पठाउने प्रक्रिया अगाडि बढाइँदै छ । सतर्कता केन्द्रले सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा सहज बनाउने र भ्रष्टाचार नियन्त्रणमा आफ्नो सम्पूर्ण स्रोत र जनशक्ति परिचालित गरेको बताएको छ । दैनिक रूपमा उपत्यकाका कार्यालय, मन्त्रालय, विभाग तथा सरकारी निकायहरूमा समय पालन, फाइल ट्र्याकिङ र सेवा प्रवाहको निगरानी गर्दै छड्के रिपोर्ट तयार गर्ने कार्य निरन्तर जारी रहेको प्रवक्ता भट्टले जानकारी दिएका छन् ।