ओली–लेखकलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

आइतबार, चैत २२, २०८२

काठमाडौं । जेन जेड आन्दोलनसँग सम्बन्धित अनुसन्धानका लागि पक्राउ परेका एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको हिरासत अवधि पाँच दिन थपिएको छ । जिल्ला अदालतले अनुसन्धान प्रक्रियालाई थप समय दिनका लागि उक्त अवधि विस्तार गर्ने आदेश दिएको बताइएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगत पौडेलको इजलासले आइतबार ओली र लेखकलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
जेनजी आन्दोलन दमन गर्न भूमिका खेलेको भन्दै ओली र लेखकलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि भन्दै चैत १४ गते प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरी हिरासतमा रहेका ओली त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् भने लेखक प्रहरी हिरासतमै बसेका छन् ।
म्याद थपका लागि लेखकलाई अदालतमा उपस्थित गराइएको थियो भने ओली भर्चुअल रूपमा सहभागी भएका थिए ।
ओली र लेखक पक्राउविरुद्ध परेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा आइतबारदेखि नै सुनुवाइ भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  २०:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार