सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले नेकपा एमालेका नेता राम बहादुर थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकपछि संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले अध्यक्ष खड्गप्रसाद ओली (केपी)को पुरानो भनाइ सापट लिँदै नेपाली सेना जस्तो राष्ट्रभक्त संस्थामाथि गरिएको टिप्पणीलाई दुर्भाग्यपूर्ण बताएका हुन् । उनले भूकम्प, कोरोना काललगायत विभिन्न विपद् र संकटमा नेपाली सेनाले राष्ट्रको खम्बाको रूपमा काम गर्दै आएको उल्लेख गर्दै त्यस्तो संस्थामाथि निकृष्ट आरोप लगाइनु उचित नभएको बताए । उनले भने, ‘एमालेका नेता खड्गप्रसाद ओलीले त्यतिवेला भन्नुहुन्थ्यो–मलाई गोरु नांगिदा आश्चर्य मान्दिन’ भनेर म त्यही भनाई सापट लिन चाहन्छु । मेरो चित दुखाई माननीय राम बहादुर थापाले कटाक्ष गर्नेक्रममा मदन भण्डारीको गौरवशाली विरासत बोकेको पार्टीको प्रतिनिधित्व गर्दै नेपाली सेना जस्तो पवित्र संस्थामाथि गलत सोच्ने ठिक हुँदैन । भुकम्पमा होस् या कोरोनाकालमा होस् चाहे जुनसुकै विपतमा या संकटमा राष्ट्रको खम्बा बनेर उभिएको नेपाली सेना जस्तो राष्ट्रभक्त संस्थामाथि जसरी निकृष्ट आरोप लगाउनुभयो यो असाध्यै दर्भाग्यपूर्ण छ ।’ यसैबीच, सांसद महाविर पुनले नवनियुक्त सभामुख डिपी अर्यालले संसद सञ्चालन प्रभावकारी बनाउन आफ्नै सोच र निर्णय क्षमतामा जोड दिनुपर्ने धारणा व्यक्त गरे । त्यस्तै, सांसद बब्लु गुप्ताले नियम र कानुनअनुसार भइरहेका कामलाई समर्थन गर्नुपर्ने बताए ।
सांसद शिशिर खनालले उपसभापतिको भूमिकामा रहँदा पार्टीलाई एकीकृत गर्न योगदान दिएको उल्लेख गर्दै डिपी अर्याललाई व्यवस्थापिकाको शीर्ष स्थानमा पुर्याउन योग्य पात्रका रूपमा प्रशंसा गरेका छन् । साथै, उनले आगामी दिनमा संसदमा अझ प्रभावकारी भूमिका देख्न पाइने विश्वास व्यक्त गरे।