सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार उक्त निर्णय २०८२ चैत २३ गतेदेखि लागू हुनेछ । सोअनुसार सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा सातामा दुई दिन (शनिबार र आइतबार) बिदा दिइनेछ । शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयहरूमा भने कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिने जनाइएको छ । पेट्रोलियम आपूर्तिमा आएको समस्याका कारण सेवा प्रवाहलाई व्यवस्थित बनाउन यो निर्णय गरिएको सरकारले जनाएको छ ।