सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने दाबी गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत राईले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा खडा गर्ने बताएका हुन् । उनले लेखेका छन्, ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाइ दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदैछ ! हामी महिला उम्मेद्वार खडा गर्दैछौँ ! हेरौँ नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई ! ७ भोट आउँछ कि १८९ ?’ उनले नयाँ भनिएको दलले आफ्नो दलको उम्मेदवारलाई मत दिने विश्वाससमेत व्यक्त गरेका छन् ।