सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन्। निर्वाचन समितिको घोषणा अनुसार पाण्डेले ५१४ मत ल्याउदै अध्यक्ष पदमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी आङदोर्जी लामाले ४१३ मत पाएका थिए । वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मतसहित विजयी भएका छन् भने महासचिवमा पाण्डे इतर प्यानलका शिवहरी घिमिरे ५२७ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी बलिभद्र रानाले ३८० मत प्राप्त गरेका थिए । यसैगरी, मंगल शाही नीतिगत उपमहासचिवमा र सन्तोष शाह आन्तरिक उपमहासचिवमा विजयी भएका छन् । कोषाध्यक्षमा उज्ज्वल गौतम र सह–कोषाध्यक्षमा उपेन्द्र घिसिङ निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा गंगा पोखरेल निर्वाचित भएकी छन् । निर्वाचन परिणामले महासंघको नेतृत्व संरचनामा स्पष्टता आएको छ र नयाँ कार्यकालमा व्यवसायिक गतिविधि र सुधारतर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ।