व्यवसायी दीपक भट्ट पक्राउ

बिहीबार, चैत १९, २०८२

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको छ । भट्टलाई काठमाडौंको गैह्रीधाराबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । उनीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ । सम्पत्ति शुद्धीकरण विभागले अध्यागमन विभागलाई पत्राचार गरेपछि यसअघि नै विभागले भट्टको राहदानी रोक्का गरिसकेको छ । 

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार