भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन गर्न प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको आग्रह

बिहीबार, चैत १९, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभाको बैठकमा जेन जेड घटनासम्बन्धी निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । शाहीले अघिल्लो सरकारले देखाएको बहुमत दम्भका कारण वर्तमान परिस्थितिको सिर्जना भएको उल्लेख गर्दै नयाँ सरकारले जनताको हितमा काम गर्नुपर्नेमा जोड दिए ।उनले भने, “जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस् । विगतका कमजोरीहरू नदोहोरियोस्। विधिको शासनमा अडिग शासन सञ्चालन होस् ।”
उनले वर्तमान सरकारलाई जनताको आशा र भरोसाको प्रतीक रहेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारका सबै फाइल सार्वजनिक गर्ने विश्वास व्यक्त गरेको समेत उल्लेख गरे।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १६:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार