सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता रमेश लेखक पक्राउबारे भएका विरोधप्रतिको प्रतिक्रिया दिँदै न्याय पाउने पहिलो हक शहीदकी आमाको भएको बताएका छन् । प्रतिनिधि सभाको बिहीबार बसेको पहिलो बैठकमा सम्बोधन गर्दै लामिछानेले भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मरण गरेका थिए । उनले भने, ‘न्याय पाउने पहिलो हक शहीदकी आमाको हो, यसलाई प्रतिशोध भन्न पाइनेछैन ।’ साथै, लामिछानेले विपक्षी दलहरूलाई विधि र कानुनको पालना गर्न आग्रह गरेका छन् । उनले सत्तामा रहेका दलहरूले सत्ता छाड्नुपरेपछि गरिने ‘विदेशी चलखेल’को आरोप अब नरहने र पारदर्शी परराष्ट्र नीति सञ्चालन हुने बताएका छन् । उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा पारदर्शिता र सुरक्षा सुनिश्चित हुने ग्यारेन्टी पनि दिएका छन्। लामिछानेको यस अभिव्यक्तिले न्याय, प्रशासनिक पारदर्शिता र लगानी वातावरणमा पार्टीको दृष्टिकोण स्पष्ट भएको देखाएको छ ।