काँग्रेस संसदीय दलको बैठक बस्दै

बिहीबार, चैत १९, २०८२

काठमाडौ‌ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधि सभाको पहिलो अधिवेशनबारे छलफल गर्न दलको बैठक बोलाइएको हो । आज बिहान साढे ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा उपस्थित हुन सूचना गरिएको छ । प्रतिनिधि सभाको पहिलो अधिवेशन आज (बिहीबार) देखि प्रारम्भ हुँदै छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  ११:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार