आज हनुमान जन्मजयन्ती मनाइँदै

बिहीबार, चैत १९, २०८२

काठमाडौं । आज देशभर हनुमान जन्मजयन्ती मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन पर्ने यस पर्वमा हनुमान प्रति विशेष पूजाआराधना गर्ने परम्परा रहेको छ । आजको दिन हनुमानको पुजाआराधना गरेमा बल, बुद्धि र विद्या प्राप्त हुने तथा दुःख सङ्कटबाट मुक्ति मिल्ने विश्वास छ । यस अवसरमा राजधानीसहित देशभरका हनुमान मन्दिरहरूमा भक्तजनको भीड लाग्छ । विशेषगरी हनुमानढोका दरबार परिसरमा रहेको हनुमान मूर्ति, पशुपतिनाथ मन्दिर क्षेत्रभित्रको हनुमान मन्दिर तथा गोकर्णेश्वर नगरपालिकास्थित पञ्चमुखी हनुमानमा विशेष पूजाआराधना गरिन्छ । हनुमानढोका दरबारको नासलचोक नजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने परम्पराअनुसार पुजारीले मात्र पूजा गर्ने चलन छ । यस अवसरमा आज बिहानैदेखि श्रद्धालुहरूले पवित्र नदीहरूमा स्नान गरी व्रत बस्ने, पूजा गर्दछन् । पर्वले धार्मिक आस्था मात्र नभई सामाजिक सद्भाव र एकताको सन्देशसमेत फैलाउने विश्वास गरिन्छ ।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  ११:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार