सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले दुबै पक्ष समेटेर सानो कमिटी बनाएर १५औँ महाधिवेशनतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन् । बुधबार बसेको देउवा पक्षको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले एकपक्षीय ढङगले कांग्रेस बन्न नसक्ने भन्दै दुई पक्षलाई मिलाउनु पर्ने बताएका हुन् । उनले भने, ‘निर्वाचनको परिणामलाई पनि हामीले आधार बनाउनुपर्छ र विशेष महाधिवेशनपछि जो हामी सबै पक्ष निर्वाचनमा गयौ नि, त्यही निर्वाचनमा सहभागी भएको साथिहरुको उमेद्वारीको जुन ढङगले प्रस्तुत भयो त्यसैलाई आधार बनाएर दुई पक्षलाई नमिलाई कांग्रेस बन्न सक्दैन । एकपक्षीय ढङगले कांग्रेस बन्न सक्दैन ।’ उनले देउवाको पक्षले सर्वोच्चबाट आधिकारिता पाउनुपर्ने कानुनी आधार रहेको उल्लेख गर्दै सानो आकारको प्लेन कमिटि बनाएर १५ औं महाधिवेशनमा जानुपर्ने बताए । ‘अब वैधानिकरुपमा पार्टीको विधान, कानुन हेर्दा शेर बहादुर देउवाको जुन दावा छ सर्वोच्चमा त्यौ नै आधिकारिता पाउनुपर्ने अवस्था हो । देउवाको पक्षले सर्वोच्चबाट आधिकारिता पाउनुपर्ने कानुनी आधार छ तर त्यो पाउँदै गर्दा त्यो नै समस्याको समधान हैन । त्यसकारण दुवै पक्षलाई समेटेर मौजुदा कार्यसमितिलाई भंग गरेर सानो आकारको प्लेन कमिटि बनाएर १५ औं महाधिवेशनमा जानुपर्छ र महाधिवेशन गर्नुपर्छ,’ उनले भने । यस्तै उनले आफ्नो र आफु केन्द्रमा राखेर भन्दा पनि पार्टी र देशलाई केन्द्रमा राख्नुपर्ने बताए। ‘सम्भवत यही २२ गते सर्वोच्चबाट फैसला हुन सक्छ, त्यसपछि दुवै पक्षका साथिहरु खुल्ला हृदयले आफ्नो र आफु केन्द्रमा राखेर हैन, हामी भन्दा माथि पार्टी छ तर पार्टी भन्दा माथि देश छ। विगतमा हामीबाट कमीकमजोरी भए त्यसलाई सुधारका लागि एकदमै इमान्दारीका साथ लाग्नुपर्छ ।त्यो ढङगले पार्टीलाई जोडेर सबैलाई मिलाएर लानुपर्छ,’ उनले भने ।