सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने एमालेले जनाएको छ । दलको नेता चयन गर्ने प्रयोजनको लागि एमालेले संसदीय दलको बैठक बोलाएको हो । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिक गरी २५ सिट जितेको छ । एमालेका सबैजसो पदाधिकारी निर्वाचनमा पराजित बनेका छन् । तर बरिष्ठ उपाध्यक्ष रामबहादुर थापा बादल भने समानुपातिक तर्फबाट सांसद निर्वाचित भएका छन् । वरिष्ठताको आधारमा एमालेले बादललाई नै संसदीय दलको नेता चयन गर्ने सम्भावना छ । तर, कतिपय एमालेकै नेताहरुले भने संसदीय दलको नेता युवालाई बनाउनुपर्ने सुझाव दिँदै त्यसको लागि सुहाङ नेम्बाङ उपयुक्त हुने तर्क गरेका छन् । बुधबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष ओलीको पक्राउको विरोधमा देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो ।