सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौंं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको बैठक आह्वान गरेको छ । पार्टी सचिवालयको मंगलबार बसेको बैठकले बुधबार दिउँसो ३ बजेका लागि उक्त बैठक बोलाउने निर्णय गरेको जानकारी सचिव महेश बस्नेतले दिए । उनका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमै बस्ने छ । सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउप्रति विरोध जनाउँदै अन्य राजनीतिक दलहरूसँग पनि छलफल र सहकार्य अघि बढाउने निर्णय गरेको छ । यस कार्यका लागि उपाध्यक्ष रामबहादुर थापा र सचिव पद्मा अर्याललाई जिम्मेवारी तोकिएको बस्नेतले जानकारी दिएका छन् । यसअघि एमालेले ओलीको रिहाइको मागसहित देशव्यापी विरोध कार्यक्रमसमेत घोषणा गरिसकेको छ ।