सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । वैदेशिक रोजगार विभागले विदेश जाने श्रमिकका लागि दिइने अभिमुखीकरण तालिम शुल्क ७ सय रुपैयाँमै सीमित रहेको स्पष्ट पारेको छ । विभागले जारी गरेको सूचनामा, निर्धारित शुल्कभन्दा बढी लिएको संस्थाको इजाजत पत्र स्वतः रद्द गरिने चेतावनी दिइएको छ । पछिल्ला समय केही तालिम प्रदायक संस्थाले प्रति प्रशिक्षार्थी २ हजार १ सय रुपैयाँसम्म शुल्क लिएको देखिएको थियो। विभागले अभिमुखीकरण तालिम अनिवार्य रूपमा दुई दिन सञ्चालन हुने र कुल शुल्क ७०० रूपैयाँमात्र हुने जानकारी दिएको छ । २०८१ असोज १३ गते जारी प्रेस विज्ञप्तिमार्फत पनि यही शुल्क कायम रहेको र यसको उल्लंघन गरेमा कानूनी कारबाही हुने प्रष्ट पारिएको छ । वैदेशिक रोजगार ऐन, २०६४ र सम्बन्धित कार्यविधिअनुसार तालिमका सबै मापदण्ड पालना गर्नुपर्ने नियम लागू हुने विभागले जनाएको छ । विभागले सबै मान्यता प्राप्त तालिम प्रदायक संस्थालाई तोकिएको शुल्क मात्र लिन र अभिमुखीकरण कार्यविधि पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ ।