सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । अर्थ मन्त्रालयले पहिलोपटक मन्त्रालयका उपसचिवहरूको मेरिटमा आधारित सरुवा तथा पदस्थापन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १५ गतेको मन्त्रीस्तरीय निर्णयबाट यो सरुवा गरिएको मन्त्रीको सचिवालयले जनाएको छ । मेरिटअनुसार पहिलो हुनेले पहिले पोस्टिङ छान्ने, दोस्रोले बाँकी २९ मध्येको ठाउँ छान्ने अनि मेरिटमा तेस्रो हुनेले बाँकी रहेको २८ बाट छान्ने विधिअनुसार यो बढुवापछिको पदस्थापन भएको मन्त्रालयले जनाएको छ । यसरी सरुवा गर्दा मेरिटको अन्तिमतिर भएकाहरुले अरुले छाडेको र बाँकी रहेको ठाउँमा जानुपर्ने हुन्छ । रोजेको र आकर्षक भनिएको ठाउँमा पदस्थापन हुन यो विधिअनुसार अब अब्बल हुनुपर्छ ।