चैत १९ मा संघीय संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

सोमबार, चैत १६, २०८२

काठमाडौं । सरकारले संघीय संसद्को नयाँ अधिवेशन आह्वानका लागि चैत १९ गतेको मिति प्रस्ताव गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त मितिमा संसद् अधिवेशन सुरु गर्ने प्रस्ताव अघि बढाउने निष्कर्ष निकालेको एक मन्त्रीले जानकारी दिएका छन् । संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १८:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार