रासस अध्यक्ष झाले दिए राजीनामा

सोमबार, चैत १६, २०८२

काठमाडौं । राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिएका छन् । सोमबार कार्यकारी अध्यक्ष झाले सञ्चार मन्त्रालयमा राजीनामा बुझाएका हुन् । झा २०७९ असार ७ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा चार वर्षका लागि कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए । उनले ०७९ असार १२ गतेदेखि कार्यभार ग्रहण गरेका थिए । कार्यकारी अध्यक्ष झाले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनालाई आफ्नो राजीनामापत्र बुझाएका हुन् । 

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १८:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार