सामाजिक सुरक्षा भत्ता पाउने उमेर ७५ वर्ष पुर्‍याउन प्रस्ताव

आइतबार, चैत १५, २०८२

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने न्यूनतम उमेर थप वृद्धि गर्ने प्रस्ताव अघि सारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्द बहादुर कार्कीको संयोजकत्वमा तयार गरिएको ‘सुशासन मार्गचित्र, २०८२’ मा यस्तो सिफारिस गरिएको हो । उक्त मार्गचित्रले हाल कायम गरिएको उमेर सीमालाई पुनरावलोकन गर्दै भत्ता पाउने उमेर ७५ वर्षसम्म पुर्‍याउन सुझाव दिएको छ । यसअघि सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत उक्त सीमा ७० वर्ष निर्धारण गरेको थियो । २०७९ सालको निर्वाचनअघि पनि भत्ता वितरणको उमेर ७० वर्ष नै कायम थियो । तर त्यसअवधिमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उमेर घटाएर ६८ वर्षमै भत्ता उपलब्ध गराउने व्यवस्था गरेको थियो ।
सामाजिक सुरक्षा भत्तामा राज्यको दायित्व क्रमशः बढ्दै गएको सन्दर्भमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले यसअघि नै उमेर सीमा बढाउन सुझाव दिएको थियो । 

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १९:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार