प्रमूख जिल्ला अधिकारीमार्फत एमालेले बुझायो ज्ञापनपत्र

आइतबार, चैत १५, २०८२

सुर्खेत । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा नेकपा एमालेले प्रमूख जिल्ला अधिकारीमार्फत सरकारलाई विरोधपत्र बुझाएको छ । आइतबार नेकपा एमाले सुर्खेतका अध्यक्ष कुलमणाी देवकोटाले सुर्खेत जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमूख जिल्ला अधिकारी जगदिशेश्वर उपाध्यायलाई विरोध पत्र बुझाएका हुन् । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकमाथि गरिएको गैरकानूनी गिरफ्तारी तत्काल खारेज गरी सम्मानपूर्वक रिहा गरिनुपर्ने, गत भदौ २३ र २४ गते जेन्जी आन्दोलनको क्रममा भएको सम्पूर्ण क्षतीको निश्पक्ष छानविनका लागि बहालवाला न्यायधिसको अध्यक्षतामा उच्चस्तरीय आयोग बनाउनु पर्ने मागसहितको विरोध पत्र एमालेले प्रजिअमार्फत प्रधानमन्त्रीलाई बुझाएको छ । कानून शासन, मानव अधिकार, लोकतन्त्रको रक्षा र नागरिक अधिकारको पूण पालनाको प्रत्याभुती गरिनु पर्ने माग एमालेले गरेको छ । विरोधपत्र बुझाउनु अघि एमाले नेता कार्यकर्ताहरुले वीरेन्द्रनगरमा प्रदर्शन समेत गरेका थिए । उनीहरुले प्रधानमन्त्री विरुद्ध नाराबाजी गरेका छन् । एमालेले आज कर्णालीका सबै जिल्लाका प्रमूख जिल्ला अधिकारीलाई विरोध पत्र बुझाएको बताएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १७:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार