कार्यसम्पादन सन्तोषजनक नभए समानुपातिक सांसदलाई काँग्रेसले फिर्ता बोलाउने 

आइतबार, चैत १५, २०८२

काठमाडौं । नेपाली काँग्रेसले समानुपातिक सांसदको कार्यसम्पादन कमजोर देखिएमा फिर्ता बोलाउने व्यवस्था अघि सारेको छ । केन्द्रीय कार्यालय सानेपामा सुरु भएको संसदीय सचेतना कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले सांसदहरूलाई नयाँ प्रावधानको बारेमा जानकारी दिएका हुन् । उनले विशेष महाधिवेशनबाट पारित विधानको दफा ४ को व्याख्या गर्दै सांसदको संसदीय जिम्मेवारी प्रभावकारी र जवाफदेही बनाउनुपर्ने व्यवस्था सुनाएका थिए । नयाँ विधानअनुसार, प्रचलित कानुन वा पार्टीको निर्देशन विपरीत काम गरेको ठहर भएमा, वा कार्यसम्पादन सन्तोषजनक नभएमा पार्टीले समानुपातिक सांसदलाई जुनसुकै बेला फिर्ता बोलाउन सक्ने व्यवस्था गरिएको छ ।
उपसभापति शर्माले पार्टीले संशोधित प्रावधानको कार्यान्वयनका लागि सांसदहरूको सुझाव समेटेर निर्देशिका तयार गर्ने प्रक्रिया अघि बढाएको जानकारी पनि दिएका छन् ।

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १७:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार