संघीय मन्त्रालयको संख्या १७ 

आइतबार, चैत १५, २०८२

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले शासकीय सुधारअन्तर्गत संघीय मन्त्रालयको संख्या १७ मा झार्ने निर्णय गरेको छ । मन्त्रालयहरूको संख्या आवश्यकताभन्दा बढी हुँदा चालु खर्च बढेको निष्कर्ष निकाल्दै सरकारले ३० दिनभित्र मन्त्रालयको संख्या घटाउने नीति लिएको हो । यसका लागि नेपाल सरकार (कार्य विभाजन) नियमावली संशोधन गरिने उल्लेख गरिएको छ । मन्त्रालयहरूको संख्या पुनरावलोकन गर्ने क्रममा हाल कायम रहेका दरबन्दीहरू समेत व्यवस्थापन गर्दै सेवा प्रवाहमा असर नपर्ने गरी पुनर्संरचना गरिने जनाइएको छ । यसैसँगै सेवा निरन्तरताका लागि संक्रमण मार्गचित्र (ट्रान्जिसन रोडम्याप) तयार गरिने तथा जनशक्ति, बजेट र कार्यक्रम सञ्चालनमा समन्वय गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘पुनर्संरचना व्यवस्थापन सचिवालय’ गठन गर्ने व्यवस्था गरिएको छ । सरकारले प्रशासनिक सुधार, मितव्ययिता र प्रभावकारी सेवा प्रवाहलाई लक्ष्य राख्दै उक्त निर्णय कार्यान्वयनमा लैजाने जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १६:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार