केपी ओली र रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथि भोलि सुनुवाइ

आइतबार, चैत १५, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सोमबार सुनुवाइ हुने भएको छ ।  आइतबार ओली पत्नी राधिका शाक्यले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । शाक्यले दिएको रिट दर्ता भएको र सोमबार सुनुवाइ तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।  त्यस्तै, लेखक पत्नी यशोदा लेखकले आइतबार बन्दीप्रत्यक्षीकरणको रिट दिएकी हुन् । उनको रिट पनि दर्ता भएको छ भने सोमबार सुनुवाइ तोकिएको छ ।  जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा शनिबार पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई सरकारले पक्राउ गरेको थियो । 

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १६:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार