जेन जेड शहीद परिवारका सदस्यलाई विद्युत प्राधिकरणमा रोजगारी दिइने, सम्पर्कमा आउन अनुरोध

आइतबार, चैत १५, २०८२

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनमा शहीद भएका व्यक्तिका परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउने निर्णय गरेको छ। सो सम्बन्धमा प्राधिकरणले शहीद परिवारलाई सम्पर्कमा आउन अनुरोध गर्दै सूचना प्रकाशित गरेको छ । जेन जेड प्रदर्शन र आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई राहत तथा सहायता उपलब्ध गराउने कार्यविधि, २०८२ को बुँदा नं. ११ अनुसार शहीद परिवारका सदस्यको रोजगारीको व्यवस्था गरिएको प्रकाशित सूचनामा भनिएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको २०८२–०९–२० मितिको पत्रसहित प्राधिकरणमा पेश भएका निवेदन प्राप्त भएका छन् । शहीदसँगको सम्बन्ध प्रमाणित गर्ने कागजात अपूर्ण वा नपठाएकाहरूले ३५ दिनभित्र काठमाडौँस्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कर्मचारी प्रशासन शाखामा सम्पर्क गरी प्रमाणित कागजात बुझाउनुपर्ने छ । सूचनामा गोरखा, सुनसरी, सप्तरी, चितवन, कैलाली, झापा, बाजुरा, उदयपुर, काठमाडौँ लगायत विभिन्न जिल्लाबाट पेश भएका आवेदकहरूको नामावलीसमेत सार्वजनिक गरिएको छ ।

image-207-590x768-1774772172.png
 

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १४:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार