ओली–लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग

आइतबार, चैत १५, २०८२

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि १० दिनको थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरिएको छ । सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा निवेदन पेश गरिएको सहन्यायाधिवक्ता एवं कार्यालय प्रमुख रामहरि शर्माले जानकारी दिए । अहिले उक्त निवेदनमाथि बहस चलिरहेको छ। आज जिल्ला अदालतमा जरुरी पक्राउ पुर्जीको समर्थन र १० दिनको म्याद थपका सम्बन्धमा दुई वटा निवेदन दर्ता भएको थियो।

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १३:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार