रवि लामिछानेको सहकारी ठगी प्रकरणमा वैशाख १४ गते अर्को पेशी तोकियो

आइतबार, चैत १५, २०८२

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी प्रकरणमा अर्को मिति तोकेको छ। अदालतका अनुसार आगामी वैशाख १४ गतेका लागि पेशी निर्धारण गरिएको हो । लामिछाने आइतबार निर्धारित तारेख बुझ्न अदालत उपस्थित भएका थिए । उनीमाथि काठमाडौँस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीसँग सम्बन्धित आर्थिक अनियमितताको आरोपमा मुद्दा विचाराधीन छ । उक्त प्रकरणमा ६९० जना बचतकर्ताले ९३ वटा किटानी जाहेरी दिएका छन्। ०८१ पुस २१ गते दर्ता भएको मुद्दामा संगठित रूपमा सहकारीको रकम दुरुपयोग गरिएको अभियोग लगाइएको छ।

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १३:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार