सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । इजरायलका परराष्ट्र मन्त्री गिडियन सारले नेपालका नवनियुक्त परराष्ट्र मन्त्री शिशिर खनाललाई बधाई दिएका छन् । उनले सन्देशमार्फत पदभार ग्रहण गरेकोमा शुभकामना व्यक्त गर्दै आगामी सहकार्यप्रति सकारात्मक अपेक्षा व्यक्त गरेका हुन् । इजरायली पक्षले नेपालसँगको दीर्घकालीन मैत्री सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यका साथ निरन्तर समन्वय र सहकार्यलाई अघि बढाउन इच्छुक रहेको जनाएको छ । काठमाडौँस्थित इजरायली दूतावासका अनुसार प्रविधि, कृषि र श्रमजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्दै आपसी हित अभिवृद्धि गर्ने दिशामा काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।