मेरो पक्राउ प्रतिशोधपूर्ण छ, कानुनी लडाइँ लड्छु : केपी ओली

शनिबार, चैत १४, २०८२

काठमाडौं ।  पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नु नवगठित सरकारको प्रतिशोधपूर्ण कदम भएको बताएका छन् ।  एमाले अध्यक्षसमेत रहेका ओलीलाई प्रहरीले शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाटै पक्राउ गरेको थियो । उनलाई पक्राउको लागि प्रहरी रातभर गुण्डुस्थित ओलीको निवासमा तैनाथ थियो । पक्राउपछि ओलीलाई काठमाडौँ प्रहरी परिसर भद्रकाली लगिएको छ ।  गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा नागरिकको क्रममा ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।  प्रहरी आफूलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी आएपछि उनले आफ्ना वकिलहरुसँग परामर्श गरेका थिए ।  पक्राउ पर्नुअघि ओलीले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँग परामर्श गरेका हुन् । पक्राउअघि ओलीले वकिलहरुसँग भनेका थिए, ‘यो पक्राउ प्रतिशोध पूर्वाग्रहपूर्ण छ । यसविरुद्ध कानुनी लडाईं लड्छु ।’  वरिष्ठ अधिवक्ता भट्टराईले पनि ओलीको पक्राउ गैरकानुनी रहेको दाबी गरेका छन् । 

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  ०७:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार