ओली पक्राउपछि एमाले नेता बस्नेतको प्रतिक्रिया, ‘गिरफ्तारी प्रक्रियाले देशमा द्वन्द्व बढ्ने’

शनिबार, चैत १४, २०८२

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि एमाले नेता महेश बस्नेतले वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपाल विगतमा राजनीतिक बन्दी नभएको देशका रूपमा उदाहरणीय रहेको उल्लेख गर्दै पछिल्ला घटनाक्रमले त्यस अवस्थामाथि प्रश्न उठाएको बताएका छन् । बस्नेतले बालेन नेतृत्वको सरकारले गृहमन्त्रीमा नियु क्ति र पछिल्लो गिरफ्तारी प्रक्रियाले देशमा द्वन्द्व बढ्ने संकेत देखिएको दाबी गरेका छन् । उनले यस्ता गतिविधिलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहको सङ्केतका रूपमा व्याख्या गरेका छन् । उनले सुरक्षा निकायको भूमिकामाथि पनि प्रश्न उठाउँदै सार्वजनिक सम्पत्ति र सुरक्षा व्यवस्थापनमा चुनौती देखिएको अवस्थामा राजनीतिक नेतृत्वमाथि कारबाही हुनु चिन्ताजनक भएको टिप्पणी गरेका छन् । एमाले नेता बस्नेतले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य(मान्यताको रक्षा गर्न पार्टीका तर्फबाट सुरु हुने प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् । कार्यक्रमसम्बन्धी विस्तृत जानकारी पछि सार्वजनिक गरिने उनले जनाएका छन् ।

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  ०७:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार