पदबहाली गर्दै निशा मेहताले भनिन्, 'नातावाद र कृपावादबाट टाढा हुनुपर्छ'

शुक्रबार, चैत १३, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या र खानेपानीमन्त्री बनेकी निशा मेहताले पदबहाली गरेकी छन् । पदबहालीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नातावाद, कृपावादबाट टाढा हुनुपर्ने बताइन् । उनले मान्छेको क्षमताअनुसार हरेक क्षेत्रमा निर्णय गरिनुपर्ने बताइन् । उनले भनिन्, ‘नातावाद, कृपावादबाट हामी टाढा हुनुपर्छ । मान्छेको क्षमताअनुसार निर्णय गरिनुपर्छ । मैले व्यक्तिगत रुपमा पनि स्वास्थ्य क्षेत्रमा काम गर्दाखेरि पनि खरिद गर्नतिर बढी लाग्छौं, यसमा पनि सुधार जरुरी छ ।’ साथै उनले स्वास्थ्य क्षेत्रमा धेरै नर्सहरुले सोचेजस्तो जागिर नपाएको बताइन् । उनले डाक्टर र नर्सहरुको तलब समेत कम रहेको बताइन् ।  उनले भनिन्, ‘धेरै नर्सहरुले सोचेजस्तो जागिर पाएको छैन । जागिर हामीले व्यवस्थापन गर्न सकेका छैनौं । डाक्टर नर्सहरुको तलब कम छ । यसमा धेरै समस्याहरु छ, यो व्यवस्थापन गर्नुपर्छ ।’

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  २१:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार